काठमाण्डौ । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन् ।

नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महंगा उपकरणहरू मर्मत गरिएको छैन । 

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सय भन्दा बढी सरकार अस्पताल छन् । मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा मात्रै करोडौका उपकरण थन्क्याएर राखिएको आजको नागरिक दैनिकमा समाचार छ ।

वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी,आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको छ ।वीर अस्पतालमा मात्र करोडौं मूल्यका उपकरण बिनाप्रयोग थन्काइएका छन् ।