काठमाण्डौ । मेगा बैंक लिमीटेडले सर्लाहीको रामनगर गाउँपालिकामा आफ्नो ९८ औं शाखा संचालनमा ल्याएको छ । 

रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णाप्रसाद बर्माले मंगलबार एक समारोहका बीच उद्घाटन गरेका सो शाखाका प्रबन्धक सुनिलकुमार मेहेताले जानकारी दिए । 

सो अवसरमा गाउँपालिका उपाध्यक्ष नितुदेवी यादव तथा सो गाउँपालिकाका ७ वटै वडाका अध्यक्ष तथा स्थानीय भद्रभलाद्मी र सर्वसाधारणको समेत ठूलो सहभागिता थियो।

शाखा प्रबन्धक मेहेताका अनुसार सो शाखाबाट बैंकले सबै खालका आधुनिक बैकिङ सेवा प्रदान गर्नेछ ।