सोमप्रसाद सुवेदी. सक्रिय लगानीकर्ता
-हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा समावेश हुनपर्यो ।
-तरलता सहज हुनुपर्छ ।
-बिदेशी लगानीकर्ताहरुको प्रवेश चाँडो कार्यान्वयन हुनु जरुरी छ ।

महादेवी मैनाली, महिला लगानीकर्ता
-महिला सेयर लगानीकर्ताहरुलाई हाल लाग्दै आएको पूँजीगत लाभकरमा छुट हुनुपर्छ । सेयर कारोबारमा तिरेको कर चुक्ता प्यान नम्बरमा नै देख्ने हुनुपर्यो ।
-मार्जिन लेण्डिङ्गमा महिलालाई ब्याजमा छुट हुनपर्छ ।

बिकेश खड्का, सक्रिय लगानीकर्ता
-सेयर कारोबारमा नाफा घाटालाई समेत समायोजन गर्र्दै खूद नाफामा मात्र पूँजीगत लाभकर लगाइनुपर्छ ।
-पूँजीबजारका विषयमा सरकार र सरकारी निकायका अधिकारीहरुकै कारण सेयरको बजारमूल्यमा असर पार्ने खालका विषयवस्तुमा बोल्नुभएन।

दीपक दाहाल, सक्रिय लगानीकर्ता
-पूँजीगत लाभकर नै अन्तिम करका रुपमा बजेटमार्फत सुनुवाइ हुनुपर्यो । हाल लाग्दै आएको पूँजीगत लाभलाई अल्पकालीन र दीर्घकालीन लगानीका हिसाबमा बाँडफाँड गरिनुपर्छ ।
-एनआरएनए तथा बिदेशी लगानी भित्र्याउन सहजीकरण गर्नुपर्यो ।
-नेप्सेको सेयर कारोबार पूर्ण स्वचालित अनलाइन हुनु जरुरी छ ।