काठमाण्डौ । इलेक्ट्रिक एसयूभी कोना कारले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफलभएको छ ।

ह्युन्डाई कोना इलेक्ट्रिक कार पहिलो इलेक्ट्रिक एसयूभी हो, जसलाई ५७३१ मिटरको उचाइमा टिबेटको साउलापाससम्म चलाइएको थियो । यो चढाइपश्चात कोनाले ५७१५.२८ मिटर उचाइको अन्य इलेक्ट्रिक कारको पछिल्लो रेकर्ड सजिलै तोडेको थियो ।

ह्युन्डाई कोना इलेक्ट्रिकले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु ह्युन्डाईसँग सम्बन्धित हरेक व्यक्तिका लागि गर्वको पल हो र यो ज्यादै उल्लेखनीय उपलब्धि पनि हो । कोना इलेक्ट्रिकले इलेक्ट्रिक भेहिकलसम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर इलेक्ट्रिक क्रान्ति ल्याउन सफल भएको छ ।

वास्तवमा भन्ने हो भने कोनाले ह्युन्डाईको सधैँ अघि बढ्ने भावनालाई दर्शाउँछ । इमिसन इम्पोसिबल मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भूभागमा परफर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ । 

गिनिज वर्ल्ड रेकर्डसका एड्जुडिकेटर ऋषि नाथले भने, ‘सर्वाधिक उचाइमा पुग्ने इलेक्ट्रिक कारका लागि हासिल गरेको यो उपाधिका लागि ह्युन्डाई मोटरलाई म हार्दिक बधाइ दिन चाहन्छु । यो उपलब्धिसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।’

यो सफलतासँगै कोना इलेक्ट्रिक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थितिजस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयूभीसरह प्रदर्शन गरेको थियो । 

कोना इलेक्ट्रिकमा रहेको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) ले जस्तोसुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र परफर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रिन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाइमा पुगेर रेकर्ड राख्ने पहिलो इलेक्ट्रिक गाडी हो।

यस अभियानको दौरानभरि नै कोना इलेक्ट्रिकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्यान्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्पmर्मेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेलाचाहिँ स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राइभिङ रेन्जलाई कम्प्लिमेन्ट गरेको थियो ।

यस सफलताले कोना ईभीको पावरफुल परफर्मेन्सलाई चरितार्थ गरेको छ र जस्तोसुकै मौसमी अवस्था तथा भूभागमा उत्कृष्ट परफर्मेन्स दिने सुनिश्चितता प्रदान गरेको छ ।