काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

यो साता कारोबारको चौथो दिन बुधबार तोलामा १०० बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा तोलामा १०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ३६५ रुपैयाँ कायम भएको छ। यो मूल्य नेपालकै इतिहासमा हालसम्मकै सर्वाधिक पनि हो। 

सुनको मूल्य हिजो मंगलबार स्थिर रहँदै प्रतितोला छापावाल सुन ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८९ हजार २६५ रुपैयाँमै कारोबार भएको थियो। यसअघि गत मंगलबार तोलामा १०० रुपैयाँ प्रतितोला छापावाल सुन ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८९ हजार २६५ रुपैयाँ नै कायम भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम भएको थियो। 

गत साताभरि सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँको बढोत्तरी आएको थियो। 

बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढ्दै प्रतितोला ९३० रुपैयाँ कायम भएको छ।