काठमाण्डौ । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने भएका छन् । 

दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमानखान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरी हिल्स लिमिटेड परिसरको भ्रमण गरी सो कुरा जानकारी गराएका हुन् । 

उनीहरुको साथमा नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्गले पनि चन्द्रागिरीको भ्रमण गरेका थिए ।

खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई साहिल खानले सम्बोधन गर्नेछन् ।