-धर्म मलासी 
काठमाण्डौ । काठमाण्डौमा जारी चौधौँ नाडा अटो शोमा विभिन्न अटो कम्पनीहरुले सस्तादेखि महंगा मोडलका गाडीहरु बिक्रीका लागी प्रदर्शनमा राखेका छन् । 

ग्राहकहरुको आर्थिक हैसियत, रुचि र चाहानाका आधारमा कम्पनीहरुले फरक मूल्यमा थुप्रै भेरिएन्ट र मोडलका कारहरु बिक्रीका लागि राखेका छन् ।

प्रदर्शनमा राखीएकामध्ये सबैभन्दा सस्तो कार सुजुकी कम्पनीको अल्टो एस टि डि मोडल हो । यसको मूल्य कम्पनीले १८ लाख ९९ हजार तोकेको छ । 

दोस्रो सस्तो कारमा डाट्सन कम्पनीको ८०० सि सि को  न्यु रेडी गो रहेको छ, जसको मूल्य १९ लाख ९९ हजार रहेको छ । त्यस्तै हुन्डाइको १०८६ सि सि को  स्यान्ट्रो एरा भेरिएन्टको कार २२ लाख ९६ हजारमा र  रेनल्ट कम्पनीको न्यु केविड २३ लाख ९० हजारमा बिक्री भइरहेको छ ।

आफ्ना कारहरुमध्ये इसुजुले सिंगल क्याविन मोडलको कारको मूल्य २४ लाख ९० हजार निर्धारण गरेको छ । 

छैठौँ सस्तो कारमा टाटा कम्पनीको टियागो रिभोट्रोन एक्स इ रहेको छ, जसको मूल्य २४ लाख ९५ हजार छ । त्यस्तै सातौ, आठौं, नवौं र दशौँ सस्तो कारको सूचिमा फोर्डको एम्विएन्ट, निसानको माइक्रा एक्टिभ, भोल्सवागेनको पोलो ट्रेन्डलाइन र होन्डाको ब्रिओ रहेका छन्, जसको मूल्य क्रमश २४ लाख ९९ हजार, २७ लाख ४९ हजार, २७ लाख ९५ हजार र २९ लाख २५ हजार रहेको छ । 

कोरिएन कम्पनी किया मोर्टसले अलन्यु पिकान्टो इ एक्स–थ्री मोडलको रेट ३४ लाख ९९ हजार राखेको छ भने बाहौँ सस्तो कारको रुपमा जापानिज कार ब्रान्ड टोयोटाको इटियोस् सेडान रहेको छ । यसको रेट भने ३७ लाख ५० हजार तोकिएको छ । 

यसैगरी सस्तो कारको सूचिमा प्युगेटको प्युगेट पार्टनर टेपी, मोरिस ग्यारेजको एमजी जेट एस फोर एटी टू डब्लु डि एस टि डि, कोरिएन लक्जरी एस यु भीको एम टि सेमी लोडेट, डि एफ एमको रिच पिक अप, जीप कम्पनीको मल्टी एअर टर्बाे मोडेलका कारहरु रहेका छन् । जसको मूल्य क्रमश ५० लाख, ५३ लाख ५० हजार, ५६ लाख ९९ हजार, ५९ लाख ५० हजार, ५९ लाख ८० हजार र ७३ लाख ९० हजार निर्धारण गरिएको छ ।