काठमाण्डौ । सहयोगी विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो बैंकको भदौ २८ गते बुधबार बसेको २४६ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३'/७४ को नाफाबाट सेयरधनीलाई सेयर र नगद लाभांश गरी कुल २४.५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि यो निर्णय कार्यान्वयमा आउनेछ ।