काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै सहारा विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ५५.९१ प्रतिशतको छलाङ मारेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ करोड २३ लाख रुपैयाँमा सीमित थियो ।

अघिल्लो वर्ष १ करोड ९४ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यो वर्ष ३ करोड ४ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष ३ करोड ५१ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा बढेर ४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

बैंकले यो वर्ष रिजर्बको आकार २६.३७ प्रतिशतले वृद्धि गर्दै ६ करोड ९० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको रिजर्बको आकार ५ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ७९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४९ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको चुक्ता पुँजी समीक्षा अवधिमा १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो सोही अवधिमा बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जाको अनुपात ०.२३ प्रतिशतले घटाउँदै ०.५६ प्रतिशतमा सीमित गर्न सफल भएको छ । अघिल्लो वर्ष यो अनुपात ०.७९ रहेको थियो ।

बैंकको कस्ट अफ फन्ड ६.५४ प्रतिशत रहेको छ भने सीडी रेसियो ८१.८३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११. ८२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४२.२८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६४७.२१ रुपैयाँ रहेको छ ।