काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको यही अवधिको तुलनामा २५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १ करोड ४५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ करोड १५ लाख रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी २ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकले ७८ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ६८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भ ३१.९८ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिसम्म ५ करोड ८७ लाख रुपैयाँको रिजर्भ बढेर ७ करोड ७५ लाख रुपैयाँको बनेको छ । 

बैंकको खराब कर्जा अनुपात ०.७० प्रतिशतले घटेको छ । गत वर्ष १.३६ प्रतिशत रहेको यो अनुपात घटेर ०.६६ प्रतिशतमा सीमित बनेको छ । 

बैंकको आधार दर समीक्षा अवधिमा १३.०९ प्रतिशत रहेको छ । गत वर्ष आधार दर १३.२३ प्रतिशत थियो । 

वार्षिकीकृत बैंैकको प्रतिसेयर आम्दानी १७.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.१६ गुणा रहेको छ ।