काठमाण्डौ । साझा यातायातले काभ्रेको साँगासम्म आफ्ना लामा बसबाट यातायात सेवा थालेको छ । 

काठमाण्डौबाट सो क्षेत्रसम्म पुुग्नलाई सर्वसाधारणले साँघुरा र छोटा बसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतालाई हटाउन साझाले लामो बसको सेवा थालिएको दाबी गरेको छ । 

गत जेठ १० गतेबाट भक्तपुरसम्म थालिएको साझा बसको सेवालाई साँगासम्म बिस्तार गरिएको हो । भक्तपुरमा साझाका २० बसले यातायात सेवा संचालन गर्दै आएका छन् । तिनैमध्ये ६ बसले साँगासम्म सेवा दिने बताइएको छ । 

यातायात व्यवस्था विभागबाट रुट परमिट पाएलगत्तै गत बिहीबारदेखि नै साझाका बसहरु साँगासम्म पुुग्न थालेका छन् । साझा यातायातका एक अधिकारीका अनुसार अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वर, नयाँबाटो, भक्तपुरको सूर्यवनायक चोक हुँदै साँगासम्म पुग्नेछ । साँगाबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।