काठमाण्डौ । कोरोना संक्रमणको दर बढ्दै गएपछि गृह मन्त्रालयले रातको समयमा काठमाण्डौ प्रवेश निषेध गरेको छ । 

गृहले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको प्रष्ट पारेको छ । 

साथै गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुले एक परिपत्र गर्दै अन्तरजिल्ला प्रवेशलाई साँझ ७ देखि बिहान ७ बजेसम्म पूर्ण निषेध गर्न भनेको छ । 

यो अवधिमा यात्रुहरुको आवागमन पूर्ण रुपमा निषेध हुनेछ भने अत्यावश्यक सेवाका सवारी साधन, ढुवानी साधन मात्र आउजाउ गर्न पाउनेछन् ।