काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आषाढ मसान्तभित्रमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने व्याज र साँवा बुझाउने समय थप गरेकोमा नेपालउद्योग परिसंघले प्रशंसा गरेकोछ । 

नेपालउद्योग परिसंघले आगामी मौद्रिक नीतिको सन्दर्भमा केही समयअघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा व्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाव दिएको थियो ।

उक्त सुझाव प्रस्तुतका क्रममा कर तथा व्याज भुक्तानीको समय फरक–फरक गरी समय बढाउन तत्काललिन कार्यवाहक गभर्नर एवं राष्ट्र बैँकको सकारात्मक धारणा रहेको थियो ।