काठमाण्डौ । खराब कर्जा अनुपातमा निकै सुधार गरेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्मको यो नाफा गत वर्षको तुलनामा ०.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा २७ करोड ५८ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा २७ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमाससम्म बैंकले ५४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४७ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

बैंकले २३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको रिजर्भको आकार भने ११.२३ प्रतिशतले बढेको छ। गत वर्ष ४९ करोड ४९ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ५५ करोड ६ लाख रुपैयाँ पुगेको छ। 

बैंकको खराब कर्जा अनुपात ०.५६ प्रतिशतले घटेको छ। गत वर्ष १.२४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर ०.६८ प्रतिशतमा झरेको छ। 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फन्ड ८.३८ प्रतिशत रहेको छ। बैंकको आधार दर ११.३० प्रतिशत रहेको छ। 

वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १४.६८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने ९.८१ गुणा रहेको छ।