काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको छ।

बैंकका ऋणी ग्राहकहरूले भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम असोज मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियतस्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसरी ग्राहकहरुलाई ब्याज रकममा छुट गरिँदा २०७७ असार मसान्तसम्मको यस बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिइने पनि बैंकले स्पष्ट पारेको छ। 

यो छुटले ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा विश्वास लिइएको बैंकले जनाएको छ। 

ब्याज रकममा दिइने छुट सेयर कर्जा, मुद्दति निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागू नहुने बैंकले प्रस्ट पारेको छ।