काठमाण्डौ । सांग्रिला डेभलमेन्ट बैंक लिमीटेड १० बराबर ८ को अनुपात अर्थात ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

यो विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ अर्ब ८ करोड हकप्रद निश्कासनका लागि बोर्डमा आवेदन दिएको हो । 

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभूू क्यापिटल लिमीटेडले गर्नेछ । यो विकास बैंकको गत जेठ १९ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाले ८० प्रतिशत हकप्रद निश्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसैको म्याण्डेड अनुसार बोर्डमा आवेदन दिइएको हो । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ३६ करोड छ । ८० प्रतिशत हकप्रदको बिक्रीपछि चुक्तापूँजी बढेर २ अर्ब ४४ करोडको उचाईमा पुुग्नेछ । 

यस्तै, सेन्ट्रल फाइनान्स लिमीटेडले पनि २ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । 

यो कम्पनीले चाहि १ सय रुपैयाँ अंकित मूल्यको कुल २६ करोड ४३ लाख रुपैयाँ बराबरको हकप्रद निश्कासनको स्वीकृति मागेको हो । यो फाइनान्सको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । 

गत साउन १० गते बसेको फाइनान्स कम्पनीको विशेष साधारणसभाले पूँजी वृद्धिका लागि हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी ५२ करोड ८६ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी वृद्धि भई ७९ करोड ३० लाखको उचाई चुम्नेछ ।