काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ललितपुरको ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेसनल कलेजमा रहेको क्वेस्ट सोसल क्लबका विद्यार्थीलाई वित्तीय सहयोग प्रदान गरेको छ । 

बैंकको सहकार्यमा क्लबका विद्यार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाइ कार्यक्रम र कलेज प्राँगणमा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुका लागि बनेको संस्था  नेपाल स्नेहीकाखलाई आवश्यक सामग्री सहयोग प्रदान गरेको छ । 

यसरी बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाका अतिरिक्त बेलाबेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयबाट आफ्नो आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको बैंकले जनाएको छ ।