काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारी र ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुराँबाट प्राप्त हुने विभिन्न सेवासुविधामा १०% सम्मको छुट पाउने भएका छन् । 

बैंक र सिद्धार्थ बिजनेसबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । 

बैंकले आफ्ना ग्राहकलाई देशभरि रहेका ८७ वटै शाखाबाट विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहकले अब सिद्धार्थ बिजनेसको देशका विभिन्न स्थानहरुमा रहेका शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाससम्बन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने भएका छन् ।