काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गत वर्षको तुलनामा ६४ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष बैंकले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ६ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले २७ करोड २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी २४ करोड ५५ लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा १७ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा १९ अर्ब ४२ करोडरुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्षको तुलनामा २१.३२ प्रतिशतले बढ्दै बैंकको रिजर्भमा ५७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भमा ४७ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.४१ रुपैयाँ रहेको छ । पीई रेसियो १६.५२ रहेको छ ।