काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको पुस ४ गते बिहान बसेको संचालक समितिको २२१ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ५.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड रहेको छ । यो हिसाबले बैंकले १० करोड २ लाख ५५ हजार ४ रुपैयाँ बराबरको बोनस सेयर र १३ करोड ७८ लाख ५१ हजार १ सय ७५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ । 
प्रस्तावित ४ प्रतिशत बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी २ अर्ब ६० करोड माथि पुग्नेछ ।