काठमाण्डौ ।  संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ ।

संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। 

संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चालेको हो। यो खबर आजको नागरिकमा छापिएको छ ।