-भक्तराज रसाइली 
काठमाण्डौ । भनिन्छ नि व्यापार अपार ।सोही मान्यतामा अडिग रहँदै १८ वर्षकै कलिलो उमेरमा व्यापारमा होमिएका धराने युवा उत्तम लुम्फुङवा लिम्बूको सफलताको यात्रा निकै अनुकरणीय छ । 

तेह्रथुम पौठाक १ मा जन्मेर १५ वर्षकै उमेरमा एसएलसी सकाएर उच्च अध्ययनका लागि धरान झरेका लिम्बु धरान–७ का बासिन्दा हुन् । ४१ वर्षीय उत्तमले बीबीएस अध्ययन गरेका छन् । 

आफ्ना पिता किसान र पू्र्खा लाहुरे भए पनि जातीय विरासतभन्दा माथि उठेर उनले व्यापारलाई अँगाले ।

धरानमा आफ्नो बडाबाको घरमा अध्ययन गर्दै लिम्बू जातिको विरासत मानिएको लाहुरे बन्ने सपना उनले पनि नदेखेका भने होइनन् । २–४ वर्ष प्रयास गर्दा पनि असफल भएपछि केही गर्ने सोच मनमा गड्दै गयो र उनले संसारमै कम्प्युटरको जमाना भर्खरै आईसकेको अवस्थामा २०५६ सालमा आईबीएम कम्प्युटर ईन्स्टिच्युट स्थापना गरे । 

दुईवटा कोठामा सीमित ईन्स्टिच्युटमा कम्प्युटर तालिम लिनेको भीड बढेसँगै फ्लाइट लिएर कम्प्युटर तालिम केन्द्र संचालन गरे । त्यससँगै उनले अलैंची भारतमा निर्यात पनि गरे । व्यापार आफ्नो खुशीको काम भएकाले उनले हिमालय ब्रुअरी, त्रिशक्ति डिष्टिलरी लगायतमा पनि हात हाले ।

व्यापारबाट भएको आम्दानीलाई उनले २०६३–६४ सालदेखि भने रियल सेक्टरको बिजनेसमा लगाउन थाले। 

सुरुमा धरान १६ मा किनेको ६ धुर जग्गा केही समयपछि डबल रेटमा बिक्री जग्गा खरिदबिक्रीको नशा उनमा बिस्तारै चढ्दै गयो । विचलित नभई अरुको मन जित्दै उनले धरानमा व्यापार विस्तार गर्दै अघि बढे । 

उनको विजिनेश छ्लाङमा आफ्नो परिवारका आमाबुबा र श्रीमती वसन्ती फुदुङको साथ र सहयोग महत्वपूर्ण रहेको उनले बताए । 

सुनसरी र मोरङका विभिन्न क्षेत्रमा रहेका जग्गा प्लानिङ्ग गरेर रियलसेक्टरमा समेत हात हालेका लिम्बु ग्राहकलाई उचित दाममा उत्कृष्ट सेवा दिएर मुनाफा गरिरहेका छन् ।कैयौं युवाहरु उनका फलोवर रहेकामा करिब २० जनालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी समेत दिइरहेका छन् भने राज्यलाई समेत कर तिरेर असल नागरिकको रुपमा स्थापित छन् । 

‘हीरो साइकल छुन पाइदैन थियो हिजोका दिनमा आज आफ्नै कार चढिएको छ।’उनले भावुक मुद्रामा भने–‘हिजोका दिनमा आफन्तले नपत्याएको म आज व्यापारको रौनकताले सबै भएको छ ।’  

व्यापारबाटै काठमाण्डौ र ईटहरीमा घरजग्गा र गाडीसमेत जोडेका उनले आफ्ना २ छोराछोरीलाई राम्रो स्कुलमा पढाईरहेको सुनाए । उनकी श्रीमती बसन्तीले आफू व्यापारमा लाग्दा घरमा आमाबुवा, छोराछोरीको हेरचाहमा सधैं साथ दिएकोमा उनले खुशी व्यक्त गरे । 

जीरोबाटै सुरुवात भएका लिम्बूले आफ्नो व्यवसायको हिसाबकिताब दैनिक अडिट र अपडेट गर्ने गरेका छन् । हिसाबकिताब र व्यापारिक दैनिकीको राम्रो व्यवस्थापन गरेका कारण सफलता मिलेको समेत उनले बताए । 

जीवनमा कहिल्यै दुःखी नबनेका उनले आफू सधै खुशी नै रहेको बताउँदै समस्यालाई डटेर समाधान गर्ने मान्यता रहेकैले आज यो अवस्थासम्म आइपुगेको दाबी समेत गरे । 

बैकिङ कारोबारदेखि टाढै रहेका लिम्बू सम्प्रदायलाई उनले भने–‘बैंक हाम्रो लागि हो, भरपुर सदुपयोग गरौं ।’ 

व्यापारलाई लिम्बु जातिले जातीय संस्कारका रुपमा नलिए पनि उनले त्यो परम्परागत सोचाइलाई परिवर्तन गरिदिए । 

वैदेशिक रोजगारीको संस्कार अहिले पनि कायम रहेकोमा उनले सानोतिनो व्यापारबाटै फड्को मार्न सकिने युवाहरुलाई सुझाव दिए । 

आम्दानी र बचतलाई बैकिङ्ग प्रणालीअनुसार परिचालन गर्न जान्नुपर्ने सुझाउँदै बचत परिचालन र लगानीमा  बैंकको विश्वास जित्न सकिने उनले दाबी गरे। आफ्नो जीवन कायापलट  बिजनेसबाटै भएकोमा उनले खुशी हुँदै भने–‘म त अब आउने पिढीलाई जागिरभन्दा पनि बिजनेसमै समाहित हुनुपर्ने सल्लाह दिन्छु ।’ 

बिजनेसमा गडफादर आफ्नै परिवारलाई ठान्ने लिम्बुले राज्यले आर्थिक क्रान्ति गर्ने हो भने वैदेशिक रोजगारलाई क्रमशः ठप्प पार्दै देशमै उद्योगधन्दा र स्वरोजगारीलाई जोड दिनुपर्ने बताए । 

सफल हुनका लागि बैकिङ्ग कारोबारमा अभ्यस्त हुनुपर्ने बताउँदै उनले कारोबारका आधारमा बैंकले समेत सुलभ ब्याजदरमा ऋण दिइने र बैंक नजिक भएर सधैं रहन जोड दिए । ‘व्यापार सफल हुनु बैंक नजिक बस्नु नै हो।’–उनले भने ।

बिजनेसमा सफलता हासिल गर्न ईमानदरिता, निरन्तरता, विश्वास र वचत हो भन्ने लिम्बुको बुझाई छ । 

‘व्यापारमा समय चिन्न सकेर समयसापेक्ष लगानी गर्नुपर्छ।’उनले भने–‘व्यापारलाई संस्कारका रुपमा लिनुपर्छ ।’  

वैदेशिक रोजगारलाई खहरेको भेलसँग दाज्दै उनले दूरदर्शिताका साथ देशमै सान र ईज्जत भएको राम्रो क्षेत्र व्यापार नै भएको बताए । 

सेयर बजारबारे त्यतिधेरै ज्ञान नभए पनि उनले केही पैसा सेयरमा पनि लगाएका रहेछन् ।

नेपाल विकासोन्मुख मुलुक भएको र जुनसुकै क्षेत्रमा लगानी गर्दा प्रशस्त सम्भावना रहेको हुनाले रिसर्च गरेर व्यापारमा होमिन युवावर्गमा उनले आग्रह गरे । 

आगामी दिनमा देशभित्रै उद्योग खोलेर वा मल्टीपर्पोज बिजनेसको सुरुवात गर्दै बृहत् रोजगारी सिर्जना गरेर राष्ट्रको सेवा गर्ने उनको धोको छ ।