काठमाण्डौ । तेल खानीका कारण मालामाल साउदी अरब विश्वभरका लाखौं कामदारका लागि एक आकर्षक गन्तव्य हो । तर हिजोआज यो देशमा लाखौं विदेशी कामदार तथा मजदूरहरु अलपत्र छन् । नेपालका समेत सयौं कामदार कामविहीन अवस्थामा भोकभोकै परेका गुनासाहरु सम्बन्धित दूतावासमा आउन थालेका छन् । 

बीबीसीका अनुसार साउदी अरबमा हाल करिब १० हजार व्यक्ति बेरोजगार भएका छन् र उनीहरुलाई मासिक तथा नियमित रुपमा तलब आउन छाडेको छ । यसरी भोकभोकै परेका नेपाली र अन्य देशका मजदूरहरुले खाना मागिरहेका छन् । साउदीमा भोकै परेका आफ्ना नागरिकहरुसम्म खाना पुर्याउने बिषयमा भारत लगायत देशका सरकारले तदारुकता देखाइसकेका छन्, नेपाल सरकार पनि तातेको छ, तर निकै ढिलो गरी । यो हिसाबले पनि अन्य देशका मजदूरहरुको तुलनामा नेपालीको अवस्था अझ भयावह र पीडादायी रहेको बुझ्न सकिन्छ । 

तर, जुन देशका लागि पसिना बगाइरहेका छन् मजदूरहरुले, त्यही देशले उनीहरुको भोकलाई बुझ्न नसक्नुलाई निकै संवेदनशील र बेवास्ताको पराकाष्ठाको रुपमा हेरिएको छ । यो बिषय अन्तराष्ट्रिय स्तरमै चर्चा पाइरहेको छ र साउदी सरकारको मानवाधिकारवादीहरुले कडा आलोचना गरिरहेका छन् । 

साउदी अरबको लेवर मार्केट फ्रि मार्केट हो । आधिकारिक रुपमा यस्तो बजारमा त्यहाँको सरकार सामेल हुन्न । यी सबै काम निजी कम्पनीहरुले गर्दै आएका छन् । कुनै कम्पनीले त्यहाँ काम गर्नुभन्दाअघि यति मजदूरहरुलाई काममा लगाउने भनेर वर्क परमिट लिनुपर्छ र सरकारले त्यही आधारमा ती कम्पनीबाट कर असूल्ने गर्छ । 

मध्यपूर्व बिषयका जानकार तथा भारतको जेएनयूका प्रोफेसर कमाल पाशाले बीबीसीसँग कुरा गर्दै भनेका छन् कि साउदी अरबको लेवर मार्केट फ्रि मार्केट हो । आधिकारिक रुपमा यस्तो बजारमा त्यहाँको सरकार सामेल हुन्न । यी सबै काम निजी कम्पनीहरुले गर्दै आएका छन् । कुनै कम्पनीले त्यहाँ काम गर्नुभन्दाअघि यति मजदूरहरुलाई काममा लगाउने भनेर वर्क परमिट लिनुपर्छ र सरकारले त्यही आधारमा ती कम्पनीबाट कर असूल्ने गर्छ । 

उनका अनुसार सरकारको काम मात्र भिजा मञ्जुर गर्नु हो । त्यसपछि सम्बन्धित कम्पनीले मजदूरलाई कस्तो काम लगाउँछ, कति तलब दिन्छ, कस्तो व्यवहार हुन्छ, त्यसमा साउदी सरकार मतलब राख्दैन । जानकारहरु त यतिसम्म भन्छन् कि साउदी अरबमा सरकार भिजा लिलाम गर्छ र जुन कम्पनीले सबैभन्दा धेरै पैसा दिन्छ, उसैलाई धेरै संख्याका भिजा उपलब्ध गराइन्छ । 

त्यसपछि यिनै कम्पनीहरुले नेपाल, भारत, पाकिस्तान, बंगलादेश थाइल्याण्ड, फिलिपिन्स जस्ता देशहरुमा एजेन्टमार्फत कामदारहरु मगाउँछन्  । 

यीमध्ये कोही दूध पुर्याउने काममा लाग्छन्, कोही अस्पतालको सरसफाई त कोही फोहोर उठाउने काममा । कोही प्लम्बरको काम गर्छन् भने कोही नाईको । 

यी कामदारहरुले कमाएर पठाउने पैसाले मात्र उनीहरुको परिवार चल्छ । यिनीहरुले पठाएको रेमिटान्सले देशको ढिकुटी भरिन्छ । साउदी अरबमा रहेका नेपालीहरुले प्रत्येक वर्ष नेपालमा लाखौं अमेरिकी डलर पठाउँछन् । 

सरकारको काम मात्र भिजा मञ्जुर गर्नु हो । त्यसपछि सम्बन्धित कम्पनीले मजदूरलाई कस्तो काम लगाउँछ, कति तलब दिन्छ, कस्तो व्यवहार हुन्छ, त्यसमा साउदी सरकार मतलब राख्दैन । जानकारहरु त यतिसम्म भन्छन् कि साउदी अरबमा सरकार भिजा लिलाम गर्छ र जुन कम्पनीले सबैभन्दा धेरै पैसा दिन्छ, उसैलाई धेरै संख्याका भिजा उपलब्ध गराइन्छ । 

साउदीमा अलपत्र नेपालका मजदूरहरुको अहिलेको समस्यालाई उनीहरु कार्यरत कम्पनीको आर्थिक समस्यासँग जोडेर हेर्ने गरिएको छ । तर साउदी अरबमा विदेशी कामदारमाथि शोषण पनि निकै चरम छ, बेला–बेला यस्ता विषय समेत बाहिर आउने गरेको छ । 

साउदी अरबमा काम गरेर फर्किएका मजदूरहरुका अनुसार त्यहाँ श्रम शोषणविरुद्धको कानून पनि निकै कडा छ, तर धेरै कामदारलाई  यो बिषयमा कुनै जानकारी हुन्न  र श्रम शोषण लगत्तै उनीहरु सोझै दूतावास आइपुग्छन् । त्यहाँको श्रम मन्त्रालयको कानून पनि निकै कडा छ । तर त्यहाँको मन्त्रालयले जहाँ–जहाँ कानून लाग्दैन, त्यहाँ दख्खल दिन आवश्यक ठान्दैन, यसले समेत निजी कम्पनीहरुको दादागिरी बढ्ने र यसले कामदारको शोषण बढाउने गरेको छ । 

मानवाधिकार संगठन एम्नेष्टी इन्टरनेशनलका अनुसार बितेको २५ वर्षमा भारत, नेपाल, पाकिस्ता, बंगलादेश जस्ता मुलुकबाट जति कामदार साउदी गएका छन्, त्यति ठूलो संख्यामा कामदार अन्य खाडी मुलुक गएका छैनन् । 

समृद्ध भनिएको देशमा कामदार भोकभोकै परे भन्ने खबरले कस्तो असर पुर्याउला त ? अरब न्यूजका पूर्व सम्पादक तथा साउदी विश्लेषक खालेद अल मैनाको भनाईमा कामदारहरु भोकै पर्दा यसले साउदी अरबको प्रतिष्ठामाथि नै धक्का पुग्नेछ । उनी भन्छन्–‘यहाँ विदेशी कामदारहरुमाथि निकै ठूलो अन्याय भएको छ । मजदूरहरु आफ्नो पेटका लागि बालबच्चा र परिवार छाडेर आउँछन । यस्तो संवेदनशील अवस्थामा उनीहरुलाई तलब चाहि समयमै प्राप्त हुँदैन । कोही ७ महिनादेखि त कोही ८ महिनादेखि बेतलबी भएर बसिरहेका छन् र कसैले पनि उनीहरुलाई सहयोग गरेको छैन । यस्तो अवस्था आउनुमा हामी सबै जिम्मेवार छौ ।’ 

यहाँ विदेशी कामदारहरुमाथि निकै ठूलो अन्याय भएको छ । मजदूरहरु आफ्नो पेटका लागि बालबच्चा र परिवार छाडेर आउँछन । यस्तो संवेदनशील अवस्थामा उनीहरुलाई तलब चाहि समयमै प्राप्त हुँदैन । कोही ७ महिनादेखि त कोही ८ महिनादेखि बेतलबी भएर बसिरहेका छन् र कसैले पनि उनीहरुलाई सहयोग गरेको छैन ।

साउदी अरबमा काम गर्ने विदेशी कामदारको संख्या करिब ९० लाखको हाराहारीमा रहेको छ । 

यहाँ हुने विदेशी कामदारको शोषणको कहानी अन्तर्राष्ट्रिय मिडियाहरुका लागि मसला मात्र बन्ने गर्छ । कामदारलाई यहाँ जति तलबको प्रतिबद्धतासहित ल्याइएको हुन्छ, त्यति तलब प्राप्त हुँदैन । तलब पनि समयमा भुक्तानी गरिदैन । काम गर्ने वातावरण ठीक हुँदैन । यतिसम्मकी चरम शोषणका बीच पनि कामदारले भाग्न नपाओस् भनेर कम्पनीले नै पासपोर्ट राखिदिन्छ । कर्मचारी त्यसबेला मात्र आफ्नो देश जान पाउँछ, जति बेला कम्पनीले चाहन्छ । यो सबै कामदारको बाध्यता हो ।

तर पनि साउदी अरब गरीब मजदूरलाई लोभ्याउन पछि छैन । जानकारका अनुसार नेपालमा कुनै पनि ड्राइभर ५ देखि १० हजार रुपैयाँ मासिक तलबमा काम गरिरहेको छ भने सो व्यक्ति साउदी गए त्यहाँ आरामले ४० हजारदेखि  ५० हजारसम्म कमाउन सक्छ । साउदीमा खान पिउन खासै धेरै खर्च  हुँदैन, त्यसकारण जसले पनि त्यहाँ गएर काम गरी १५ देखि २० हजार मासिक आरामले बचाउन सक्छ । यही लोभका कारण नेपालजस्तो गरीब देशका कामदार साउदी जाने रहर गर्छन् । 

कम खर्चमा धेरै नाफा कमाउने अर्थशास्त्रले साउदीका विदेशी कामदारमाथिको शोषणको आधार तयार गरेको छ । 

एशिया र अफ्रिका देशबाट ठूलो संख्यामा कामदार साउदी अरब जान्छन । यसकारण साउदी अरबलाई सायदै चिन्ता होला कि त्यहाँ काम गर्ने कामदारहरु कम होलान् कि भनेर । यस्तो अवस्थामा कम सुविधा र कम तलबमै समेत गरीब कामदार साउदी जान तयार हुन्छन्, यसैको फाइदा त्यहाँका कम्पनीहरुले उठाउँछन् ।

कम खर्चमा धेरै नाफा कमाउने अर्थशास्त्रले साउदीका विदेशी कामदारमाथिको शोषणको आधार तयार गरेको छ । साउदीको विदेश मन्त्रालयका अधिकारी जिक्र उर रहमानको भनाईमा कामदारको शोषणको बिषयमा साउदीमा निकै कडा कारबाही हुन्छ, तर सम्बन्धित पीडितहरु सम्बद्ध अधिकारीसम्म समयमै पुग्नुपर्ने हुन्छ । ‘कुनै पनि कुरा हाम्रो दूतावास र मन्त्रालयसम्म आइपुग्यो भने हामी शोषकमाथि कडा कारबाही गर्छौ ।’ उनले भने–‘धेरै स्पोन्सरलाई जेल सजाय भएको छ । जरीवाना लगाइन्छ र सोही अनुसार दण्ड पनि तोक्ने गरिएको छ । यदि यस्तो हुन्थेन भने यहाँ ९० लाख विदेशी कामदार कसरी हुन्थे ?’

त्यहाँ श्रम शोषणविरुद्धको कानून पनि निकै कडा छ, तर धेरै कामदारलाई  यो बिषयमा कुनै जानकारी हुन्न  र श्रम शोषण लगत्तै उनीहरु सोझै दूतावास आइपुग्छन् । त्यहाँको श्रम मन्त्रालयको कानून पनि निकै कडा छ । तर त्यहाँको मन्त्रालयले जहाँ–जहाँ कानून लाग्दैन, त्यहाँ दख्खल दिन आवश्यक ठान्दैन, यसले समेत निजी कम्पनीहरुको दादागिरी बढ्ने र यसले कामदारको शोषण बढाउने गरेको छ । 

तर मानवाधिकार संगठन ह्यूमन राइट्स वाचको सन् २०१४ को एक रिपोर्टका अनुसार रोजीरोटीका लागि विदेश जाने कामदार अदालत वा कचहरी जान हिचकिचाउँछन् । उनीहरुमा कम्पनीविरुद्ध कुनै निकायमा गए आफूमाथि कम्पनीले कुनै अप्रिय एक्सन लेला र आफ्नो जागिर नै जाला भन्ने डरले घर गर्ने गरेको अध्ययनले देखाएको छ । 

साउदी अरबका सबैभन्दा ठूला धार्मिक नेता ग्राण्ड मुफ्ती शेख अब्दुल अजीज अल शेखले यसअघि पटक–पटक भनिसकेका छन् कि विदेशी कामदारमाथिको शोषण पूर्ण रुपमा गैरइस्लामिक कार्य हो, यो निन्दनीय छ । 

अतः नेपाल सरकारको सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरु त्यहाँ समस्यामा रहेका नेपालीहरुको उद्धार गर्न वा उनीहरुलाई घर फर्काउन लागिपरेका छन् । तर, यो समस्याको दीर्घकालीन समाधान होइन । जबसम्म आफ्नो घर(देश)मा रोजगारीको वातावरण सिर्जना गरिदैन, तब बाध्यता वा गरीबीका कारण शोषण हुन्छ भन्ने जान्दा जान्दै पनि साउदी अरब जस्ता देशमा गएर नेपाली मजदूर पसिना बगाउन र शोषण खप्न बाध्य हुनेछन् । यो समस्या र श्रृंखला निरन्तर रहिरहनेछ । 

(केही विदेशी एजेन्सीको सहयोगमा बिजशालाबाट तयार आलेख)