काठमाण्डौ । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भई ३० सेप्टेम्बर २०१८ सम्म कायम हुने बताइएको छ । 

यो योजनाअन्तर्गत योजनाअवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक/एक आकर्षक टिसर्ट, हरेक हप्ता एक सेवाग्राहीलाई ३२ इञ्चको एलईडी टेलिभिजन र १ भाग्यशाली विजेतालाई साउदीबाट नेपालसम्मको यात्राका लागि हवाई टिकट प्रदान आइएमईले विज्ञप्तिमार्फत जनाएको छ । यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिनेछ ।