काठमाण्डौ । साउदी अरबको फरेन रिजर्भ (विदेशी भण्डार) मा तीव्र गिरावट आएको छ।

ताजा रिपोर्टअनुसार अप्रिलमा पनि लगातार दोस्रो महिना साउदी अरबको फरेन रिजर्भमा तीव्र गिरावट आएको छ। यसको मुख्य कारण हो कोरोनाभाइरसको महामारी। जसका कारण अर्थव्यवस्थामा परेको नकारात्मक प्रभाव कम गर्नका लागि साउदी अबरले विदेशमा सञ्चित आफ्नो कोषको प्रयोग गर्न बाध्य भएको छ। 

साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातक देश हो। अहिले कोरोनाभाइरको महामारीका कारण अन्तर्राष्ट्रिय तेल बजारमा ऐतिहासिक रुपमा आएको मूल्य गिरावटको सामान साउदीले गर्नुपरिरहेको छ। यसले साउदी अरबको अर्थव्यवस्थामा निकै चोट पुगेको छ।

साउदी अबर सरकारका अनुसार गत मार्चा र अप्रिलमा गरी करिब ४० बिलियन अमेरिकी डलर फरेन रिजर्भबाट पब्लिक इन्भेस्टमेन्ट फन्डमा ट्रान्सफर गरेको छ। साउदी अबरको मौद्रिक प्राधिकरणका अनुसार मार्चमा साउदी अबरको शुद्ध विदेशी सम्पत्ति ४६४.६४ बिलियन अमेरिकी डलर रहेको थियो। जुन अप्रिलमा घटेर ४४३.७५ बिलियनमा संकुचित भएको छ।

साउदी सरकारका अनुसार साउदी अरबको कुल आरक्षित सम्पत्ति (जसमा विदेशी मुद्रा र विदेशमा जम्मा रहेको धनका साथसाथै विदेशी लगानी पनि समावेश हुन्छ) मा अप्रिल महिनासम्म लगभग २५ बिलियन अमेरिकी डलरको गिरावट आएको छ। 

साउदी अरबको वित्तमन्त्री मोहम्मद अल जदानका अनुसार विदेशमा सञ्चित साउदी अरबको सम्पत्तिमा आएको यो गिरावट २० वर्षयताकै सबैभन्दा धेरै हो। – एजेन्सी