काठमाण्डौ । साउदी अरबमा काम गर्न गएका कयौं विदेशीहरु फसेका छन् । पछिल्लो समय साउदीमा काम गर्न गएका २९ भारतीयहरु बन्धक बनाइएका खबरहरु सार्वजनिक भएका छन् । त्यहाँ बन्धकमा राखिएका विदेशीहरुले खाना र पानीजस्तो अत्यावश्यक वस्तुु समेत पाइरहेका छैनन् । उनीहरुलाई छुटाउन खोज्दा भारत सरकारको पनि केही सीप लागेको छैन । यस्ता घटना बेला बेला सार्वजनिक भइरहन्छन् । साउदी अरबमा अहिले शरिया लागूू भएको छ, जसका कारण यहाँ बस्ने तथा आवतजावत गर्नेहरुलाई प्रतिबन्ध लागेको छ । यहाँ सार्वजनिक रुपमा फोटो खिच्नेदेखि लिएर सार्वजनिक स्वीमिङ पुल तथा समुद्री किनारमा तरह–तरहका नियमहरु लगाइएको छ । हामी यहाँ साउदी अरबको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसलाई नमान्ने कुनै पनि पर्यटकले निकै ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ । 
 

फोन या ल्यापटपमा अश्लील सामाग्री नराख्नूू
तपाईको फोन वा ल्यापटपमा कुनै पनि किसिमको अश्लील भिडियो वा सामाग्री छ भने यसले तपाईलाई निकै ठूलो समस्यामा पारिदिनसक्छ । भन्सारका अधिकारीहरुले तपाईको मोवाइल वा ल्यापटपलाई स्क्यान गर्न सक्छन् । यदि यो क्रममा उनीहरुले आपत्तिजनक भिडियो वा सामाग्री भेट्याए पनि तपाईको डिभाइस नै कब्जा गरिदिनसक्छन् । 

भवन तथा सार्वजनिक स्थानको फोटो खिच्नूू अपराध
साउदी अरब घुम्न गइरहनुुभएको छ भने यहाँ फोटोग्राफी गर्नुअघि एकपटक सोचविचार गर्नुपर्छ । सरकारी भवन, देशको सेनासँग जोडिएका वस्तुहरुको फोटो खिच्न यहाँ प्रतिबन्धित छ । यसका साथै सार्वजनिक स्थानमा भेटिएका महिलातर्फ आफ्नो क्यामेरा भूलेर पनि नघुमाउनुहोस् । यसो गर्नुभयो भने तपाईलाई साउदीमा साइबर अपराधको कानूनअन्तर्गत कारबाही हुन्छ । यो अपराधमा एकवर्षसम्मको जेल तथा १ करोड ३६ लाख रुपैयाँसम्मको जरीवाना समेत हुनसक्छ । 

रमजानमा सार्वजनिक खानपिन पनि अपराध
साउदीमा रमजानको पूरा महिना सार्वजनिक रुपमा खानपिन गर्न पाइदैन, कसैले यस्तो काम गरे त्यसलाई साउदीको कानूनले अपराध भनेको छ । कुनै पनि सार्वजनिक ठाउँमा दिनको समयमा खाना खानेदेखि लिएर धुम्रपान गर्नु तथा मदिरा सेवन गर्नु पनि प्रतिबन्धित छ । यति मात्र होइन, यो क्रममा देशका कुनै पनि ठाउँको खाद्य सामाग्रीको पसल समेत खुल्ला हुँदैनन् । 

‘भ्यालेन्टाइन डे’मा भूलेर पनि रातो लुुगा नलगाउनुु
साउदी अरबमा भ्यालेन्टाइन डेमा रातो रंगको लुुगा लगाउनुु निकै खतरनाक हुन्छ । यहाँ फूलको दोकानदेखि लिएर गिफ्ट पसलहरुमा समेत रातो रंगको कुनै पनि चिज उपलब्ध हुँदैन । यो नियम यहाँ कमेटी फर दि प्रोमोसन अफ भच्र्यू एण्ड दि प्रिभेन्सन अफ वाइसले बनाएको हो । कमिटीको भनाईमा यो कुनै इस्लामिक पर्व होइन, बरु यो त मुस्लिमहरुलाई भट्काउने पर्व मात्र हो । यो दिन रातो रंग लगाएको कुनै व्यक्ति फेला परिहाल्यो भने पनि उसलाई रिलिजियस(धार्मिक) प्रहरीले गिरफ्तार गर्नेछन् । 

सार्वजनिक ठाउँमा यी कुरामा ध्यान दिनुु
यहाँका अधिकांश सार्वजनिक स्थानमा २ क्षेत्रहरु हुन्छन् । साउदीको अधिकांश मलहरुमा परिवारलाई जान मात्र अनुमति हुन्छ । यदि धेरै पुरुषको साथमा कुनै एक महिला मलमा प्रवेश गर्न खोज्छे भने सुरक्षाकर्मीले ती महिलालाई रोक्छन् । यो नियम खासगरी साउदीमा बस्ने मानिसका लागि हो । यसका साथै यहाँका रेष्टुरेन्टमा समेत २ सेक्सन हुन्छ । एक परिवारका लागि र दोश्रो सेक्सन एकल व्यक्तिका लागि । यहाँ म्याकडोनाल्ड जस्ता फूड स्टोरहरुमा समेत महिला र पुरुषको अलग अलग लाइन लागेको हुन्छ । 

गैरमुस्लिमले प्रार्थना गर्न पाउँदैन
साउदीमा गैरमुस्लिमहरुले सार्वजनिक रुपमा प्रार्थना गर्नु त्यहाँको कानून विपरीतको काम हो । यसका अलावा धार्मिक किताब, सामान तथा कुनै पनि संकेतको समेत प्रचार गर्न पाइदैन । साउदीमा यस्ता क्रियाकलापलाई इस्लामका लागि खतराको रुपमा हेर्ने गरिन्छ । सरकारले यो कानून यसकारण बनाएको छ कि अन्य कुनै धर्मको प्रचारप्रसार देखेर देशका कुनै पनि नागरिकले आफ्नो धर्म परिवर्तन नगरुन् । 

साउदीको रुटमा हुनुहुन्छ भने प्लेनमा पनि मदिरा नपिउनुहोस्
साउदी अरबको यात्रामा हुनुहुन्छ भने प्लेनमै पनि रक्सी पिए त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । त्यसकारण साउदीको रुटमा हुनुहुन्छ भने प्लेनमा रक्सी पिउनबाट जोगिनुुहोस् । साथै, साथमा रक्सी समेत लिएर जाने भूल नगर्नुहोस् । यदि यस्तो गर्नुभयो भने तपाईले निकै ठूलो रकम जरीवानाको रुपमा बुुझाउनुपर्ने हुनसक्छ भने जेल पनि बस्नुुपर्ने हुनसक्छ । 

फिल्म हेर्ने थिएटर पाइन्न
सन् १९७० को दशकमा साउदी अरबमा कयौं सिनेमा घरहरु(मुुभी थिएटरहरु) थिए । तर १९८० मा साउदी सरकारले इस्लाम धर्ममाथि चुनौति आएको भन्दै सबै सिनेमा घर र थिएटर बन्द गरिदियो । हाल खुुबर सिटीमा आइम्याक्स सिनेमालाई छाड्ने हो भने पूरा देशभर कुनै पनि मुुभी थिएटर छैन । आइम्याक्समा पनि डकुमेन्टी मात्र देखाइन्छ । यही कारण बहराइनको सीमा नजिकका साउदीका शहरहरुमा बस्ने अधिकांश मानिस विदा मनाउने क्रममा रक्सी पिउन तथा फिल्म हेर्न बहराइनका विभिन्न शहरहरुसम्म पुुग्ने गर्छन् ।