काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन आगामी आर्थिक वर्षदेखि घटाउने भएको छ ।

नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुुसार ब्रोकर कमिसन घटाउनका लागि बोर्डको नीति तथा अनुुसन्धान विभागका प्रमुुख उपकार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा कमिटी गठन भएको छ । कमिसन घटाउने विषयमा कमिटीले आवश्यक अध्ययन गरिरहेको र चाँडै प्रतिवेदन निकाल्ने योजना रहेको उनले बताए ।

बिजशाला स्रोतकाअनुुसार बोर्डका उपकार्यकारी निर्देशक अधिकारीको टोलीले सेयर कारोबार अनलाइन कारोबार भई र विद्युुतीय माध्यमबाट भुुक्तानी भएकाले समेत ब्रोकर कमिसन घट्ने भएको हो । ब्रोकर कमिसन कटौती गर्ने विषयबारे अध्ययनको कामलाई लकडाउनले केही असर गरेको र लकडाउन नलम्बिए सम्भवतः असार मसान्तसम्म प्रतिवेदन तयार गरी ब्रोकर कमिसन घटाउने बोर्डको तयारी रहेको स्रोतको दाबी छ ।

आगामी आर्थिक वर्षदेखि ब्रोकर कमिसन कुुनै पनि हालतमा घट्ने स्रोत जिकिर गर्छ । लकडाउनले पो अलिक असर गर्यो हामी कमिसन घटाउने नै हो,स्रोतले बिजशालालाई भन्यो,सम्भवतः यही साउनदेखि नै घटेको ब्रोकर कमिसन लागूू हुुुन्छ ।

हाल धितोपत्र दलाली बापत विभिन्न स्ल्याबमा ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म कमिसन रहेको छ ।

विगत २ वर्षदेखि अनलाइन सेयर कारोबार भइरहेको र ब्रोकर कमिसन घटाउनुपर्ने भन्दै विभिन्न फोरमहरुमा आवाजहरु उठाउँदै आइरहेका छन् ।