काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आगामी साउन १५ गतेदेखि एफपीओको बिक्री खुलाउने भएको छ । 

बैंकले मंगलबार एक आह्वानपत्र प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो  ।

सिटिजन्सले १०० रुपैयाँ अंकित मूल्यमा रु. १०० प्रिमियम थपी रु. २०० प्रतिकित्ताका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताले छिटोमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । सोबेलासम्म पनि सबै कित्ता बिक्री नभए ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । 

एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

थप सार्वजनिक निश्कासन(एफपीओ) गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ । 

सिटिजन्स बैंकको एफपीओलाई इक्रा नेपालले (इक्राएनपी) आइपीओ ग्रेड ३ को प्रमाणपत्र प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत छ भन्ने हो । यस्तो कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ । 

इच्छुक लगानीकर्ताले सीआस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।