काठमाण्डौ । नागबेली लघुवित्त बित्तीय संस्थाले आगामी साउन ४ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

नागबेलीको २०७४ मंसिर २५ गते सम्पन्न ८औं वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको ७ करोड ६६ लाखको सतप्रतिशत९१ बराबर १० हकप्रद सेयर निश्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । सोही अनुसार धितोपत्र बोर्डले ०७५ जेठ ९ गते यो कम्पनीलाई हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको थियो । 

प्रतिकित्ता १०० रुपैयाँ दरले निश्कासन हुने  हकप्रदमा सेयरधनीहरुले भदौ ७ गतेभित्र तोकिएका स्थानमा गई आवेदन दिनुपर्ने बताइएको छ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

यो कम्पनीले असार २१ गते एकदिन हकप्रद प्रयोजनका लागि बुक क्लोज गर्नेछ ।  यसको अर्थ यो कम्पनीको सतप्रतिशत हकप्रद खरीद गर्न इच्छुक लगानीकर्ताले असार २० गतेभित्रमा कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ । 

दोश्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २४८० रुपैयाँ रहेको छ । एकमहिनाअघि दोश्रो बजारमा यो कम्पनीको प्रतिकित्ता सेयर २७०० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेकोमा निरन्तर घट्दो क्रममा छ । हकप्रदका लागि सेयर किन्न मरिहत्ते गर्नेले यो तथ्यलाई समेत ख्याल गर्नुपर्ने हुन्छ । 

हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १५ करोड ३२ लाखको उचाईमा पुग्नेछ । 

यो कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको बित्तीय अवस्था आधारभूत भन्दा कमजोर छ भन्ने हो ।