काठमाण्डौ । साझा प्रकाशनमा एकपछि अर्को गर्दै अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन् ।

साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको  छ ।

स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका नयाँ कर्मचारीको आडमा उनले मनपरी गर्न थालेका हुन् । 

यहाँसम्म कि आफू संलग्न रहेको अल्पाइन पब्लिकेसनको प्रेस ल्याएर स्थापना गर्दै  सबैलाई झुक्याउन सफल भएका छन् ।

छापाखानाभित्र विना टेन्डर प्रेस ल्याएर राखिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।