काठमाण्डौ । धितोपत्र बोर्डले साञ्जेन जलविद्युत कम्पनीलाई ८७ करोड ६० लाख मूल्यको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

यो जलविद्युत कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताको दरले कुल ८७ लाख ६० हजार कित्ता आइपीओ निश्कासनका लागि अनुमति पाएको हो । 

अनुमतिसँगै प्रोमोटर सेयर होल्डिंगका कर्मचारी, नागरिक लगानीकोषमा सदस्यता रहेका कर्मचारी र ऋणप्रदायक संस्थाका कर्मचारीका लागि समेत ८७ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गर्नेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत अवस्था कमजोर छ भन्ने हो । 

साञ्जेन जलविद्युत कम्पनी चिलिमे हाइडो कम्पनीको सहायक संस्था हो । साञ्जेनले ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना र १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत आयोजना गरी २ आयोजना निर्माणको योजना बनाएको छ । यी दुवै आयोजना रसुवा जिल्लामा निर्माण हुनेछन् ।