काठमाण्डौ । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाको आइपीओमा आवेदन दिन समय बिहीबारसम्म थपिएको छ । 

आइपीओमा अनलाइनमार्फत आवेदन दिने लगानीकर्ताहरुले सिडिएससीको मेरो सेयर पोर्टलमा समस्या आएर सेयर भर्न नपाएको गुनासो गरेपछि त्यसलाई मध्यनजर गरी आइपीओ भर्ने समय २ दिन थपेर बिहीबारसम्म कायम गरिएको हो । 

बोर्डले दुवै जलविद्युत कम्पनीको बिक्री प्रबन्धक तथा सहायक बिक्री प्रबन्धकहरुलाई पत्राचार गर्दै आइपीओ भर्ने म्याद २ दिन थप्न निर्देशन दिएको हो । 

बोर्डले पठाएको निर्देशनमा भनिएको छ-'सार्वजनिक निष्काशनको क्रममा सिडिएससीको सफ्ट्वेयरमा समस्या उत्पन्न भई आवेदन गर्न नसकिएको भनी लगानीकर्ताहरुबाट बारम्बार गुनासो आएको आएको सन्दर्भमा उक्त निष्काशनमा सर्वसाधारण प्राकृतिक व्यक्तिले आवेदन दिन सक्ने गरी २ दिन अर्थात २०७६ बैशाख १२ गतेसम्म समयावधि थप गर्ने व्यवस्था मिलाई सो को जानकारी बोर्डलाई गराउनु ।'