काठमाण्डौ । लकडाउनमा ग्राहकको सुविधाका लागि नबिल बैंक लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा रहेका शाखाहरु आज बिहीबार खुला राख्ने भएको छ। 

प्रदेश १ का विराटनगर, बिर्तामोड, चन्द्रगढी, दमक, इटहरी, कटारी र उर्लाबारी तथा प्रदेश २ का आदर्शनगर वीरगन्ज, बर्दिबास, चन्द्रपुर, गोलबजार, सिमरा र सिरहामा रहेका नबिल बैंकका शाखा खुलै रहनेछन्। 

त्यस्तै नबिल कैंकको बागमती प्रदेशका बनेपा, हेटौँडा, ललितपुर र तीनधारा तथा गण्डकी प्रदेशका बेसीसहर, दलदले, दमौली, दुलेगौँडा, गैँडाकोट, कावासोती र पोखराको सभागृहस्थित शाखाहरु पनि खुलै रहनेछन्। 

प्रदेश ५ मा भने बाँसगढी, लमही, सम्मारीमाई र सुनवल तथा कर्णाली प्रदेशमा बाह्रताल,  दार्मा, पचलझरना, पलाता, सुर्खेत र तेलीमा नबिल बैंकका शाखाहरु खुलै रहनेछन्। 

नबिल बैंकको सुदूरुपश्चिम प्रदेशमा आलीताल, बित्थाडचिर (बझाङ), पञ्चेश्वर, रामारोशन, रातोपुल (धनगढी), सयाल, टीकापुर र तुर्माखाडस्थित नबिल बैंकका शाखारहरु खुलै रहेछन्। 

आज नबिल बैंंकको कर्णाली प्रदेशस्थित तिला शाखा अपराह्न ४ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् भने अन्य शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।