काठमाण्डौ ।  नेपालमा पहिलोपटक कृषकहरुलाई प्रोत्साहनसँगै उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” प्रदान गरिने भएको छ ।

“शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान” भन्ने नारासहित आगामी साउन २६ गते एक भव्य समारोहका विच ७ प्रदेशका ७ जनालाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गरिने भएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिन लागेको हो । जसका लागि कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपन्छी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेश बाट उत्कृष्ट ५र५ जना कृषकहरुको नामावली सार्वजनिक गरेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताउनु भयो ।

एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको उनले बताए । 'मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ', अध्यक्ष खनालले भन्नुभयो, 'मुलुकका सात वटै प्रदेशबाट ५र५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ ।'

राष्ट्रियसभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिनेसमेत अध्यक्ष खनालले बताउनु भयो ।

सोही दिन “राष्ट्रिय शिखर अनर अवार्ड–२०७६” बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

शिखर नेपाल २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।
 
सर्वोत्कृष्ट प्रतिस्पर्धी
  कृषकहरु 

प्रदेश नं. १
१. झापा विशाल राई मत्स्य बिर्तामोड–१० विशाल कृषि फर्म
२. सुनसरी पुण्य बहादुर राई अदुवा धरान–८ किँरातेश्वर कृषि सहकारी
३. उदयपुर तोय बहादुर ठकुरी सुन्तला ताप्ली–१
४. सुनसरी राम पौडेल मत्स्य इनरुवा–१ आरएनआर एग्रो
५. तेह्रथुम सविन भट्टराई गाई छथर–१ भट्टराई गाइ फर्म

प्रदेश नं.  २
१.  पर्सा राम आशिष प्र.  नुनिया तरकारी बहुदरामाई–६
२.  सप्तरी पुरुषोत्तम अर्याल गाई अग्नीसाहिर शुभलक्ष्मी व्य.  पशुपालन
३.  पर्सा अवधेश प्र.  कुशवाह तरकारी बहुदरामाई–५
४.  सिराहा भुटाई चौधरी मत्स्य लहान–११ शुलभ मत्स्य प्रजनन फर्म
५.  बारा जंग बहादुर शाह मत्स्य बोधवन

प्रदेश नं.  ३
१.  धादिङ नवराज आचार्य बाख्रा धार्के–१ बाग्मती गोट सिड्स
२.  सिन्धुली सुकमाया तामाङ्ग घाँस
३.  चितवन लक्ष्मी राना कुखुरा आशा पोल्ट्री फर्म
४.  चितवन शंकर/वृद्धि/मिन केरा खैरहनी–१२ एविएस केरा फर्म
५.  दोलखा पाशाङ्ग तेन्जी शेर्पा किवि जिरी–२

प्रदेश नं. ४
१.  कास्की लक्षीन गुरुङ्ग मत्स्य माछापुच्छ्रे–२ गण्डकी रेन्वो ट्राउट
२.  बाग्लुङ्ग चिरन कुमार घर्ती तरकारी ढोरपाटन–८ ढोरपाटन नमुना कृषि फर्म
३.  गोरखा भगवती थापा सुन्तला लखन थापा–२
४.  कास्की इन्द्र गौचन मत्स्य माछापुच्छे्र–२ अन्नपूर्ण ट्राउन अनुसन्धान केन्द्र
५.  कास्की घनश्याम तिमिल्सिना गाई पोखरा–२५ हेम्जा गाई फर्म

प्रदेश नं. ५
१.  रोल्पा हिराकुमारी घले मकै/सहकारी रोल्पा न।पा।–३
२.  प्युठान दल बहादुर खत्री बाख्रा माण्डवी–२ लेकाली व्य.  बाख्रापालन
३.  कपिलवस्तु पशुपति बढई विउ/खाद्यन्न कनपा–८ शिवम् बहुउद्देश्यीय कृषि सहकारी
४.  अर्घाखाँची मुकुन्दहरी/इश्वरचन्द्र पोखरेल गाई/भैंसी/कुखुरा भुमिकास्थान–९ शिवचौर बहुउद्देश्यीय
५.  बाँके शारदा शर्मा गाई कोहलपुर–१२ शारदा श्रृजनशिल गाई फर्म

प्रदेश नं.  ६
१.  दैलेख दिपेन्द्र ब.  मल्ल सुन्तला     दुल्लु –११    मल्ल फलफूल तथा तरकारी फर्म
२.  दैलेख जगत ब.  पन्त सुन्तला     दुल्लु–११     कालिका सुन्तला फर्म
३.  पश्चीम रुकुम डिल्ली ब.  नाथ भैंसी     बाँफीकोट–२  डाँफे भैंसी पालन फर्म
४.  जुम्ला रामकृष्ण बु.  थापा स्याउ     चन्दननाथ–२
५.  दैलेख अमर ब.  भण्डारी सुन्तला     दुल्लु –६     भण्डारी सुन्तला फर्म

प्रदेश नं.  ७
१.  कैलाली ठगुनीदेवी चौधरी मत्स्य घोडाघोडी–१ कार्प ह्याचरी
२.  कैलाली लक्ष्मण पन्त मत्स्य
३.  डडेलधुरा रुद्र बहादुर ऐर तरकारी अमरगढी–१ शिवलिङ्ग बहुउद्देश्यीय कृषक फर्म
४.  कंचनपुर सोवरण राना मत्स्य बेलौरी–२ महेश फिस फर्म
५.  कैलाली भक्त ब. चौधरी मत्स्य धनगढी–५