काठमाण्डौ । साधना लघुुवित्तले वार्षिक उत्सवको सुखद अवसरमा गोरखा बजार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । 

गोरखाको हरमटारीमा “मेहनती परिश्रमी तपाईँको हात आर्थिक समृद्धिमा साधनाको साथ” भन्ने मुल नाराका साथ स्थापित साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रबेश गरेको सुखद अबसरमा गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ ।

गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारीचोक, घ्याम्पेसाल बसपार्क हुँदै कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्ब अन्र्तगत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र यस सामाजिक अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताए । 

सो वित्तीय संस्थाका अध्यक्ष  कृष्ण वहादुर थापाले बित्तीय संस्थाले छोटो समयमा नै ग्राहक सदस्यहरुको मन जित्न सफल भएकोमा खुसी ब्यक्त गर्दे अझै थप सफलताका लागी ग्राहकको मनोभावना बुझी आम नागरिकको उन्नति, प्रगति हुनेगरी कार्यसम्पादन गर्न आग्रह गरे। कार्यक्रममा उत्कृट कर्मचारीहरु क्रमश आशिष कुमार तामाङलाई इम्प्लाई अफ दी इयर २०७५।०७६ अबार्ड बाट सम्मान गरिएको थियो । 

साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८००० घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।