काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ। 

दोस्रो त्रैमास वित्तीण विरणअनुसार संस्थाले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २६.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले ४४ करोड ५९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३७ करोड ५३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। 

दोस्रो त्रैमासमा संस्थाले ५३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिमा ४२ करोड २१ लाख रुपैयाँ रहेको थियो। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ। 

समीक्षा अवधिमा संस्थाले १९ अर्ब ४३ करोड रुपैयाँ सापटी लिई २१ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १५ अर्ब ६६ करोड रुपैयाँ सापटी लिई १७ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले जगेडा कोष २१.५८ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँको जगेडा कोष बढेर १ अर्ब ७२ करोड रुपैयाँको पुगेको छ। 
संस्थाको चुक्तापुँजी १ अर्ब २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ७८ करोड ६० लाख रुपैयाँको थियो । 
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६०.२२ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ने १५.४२ गुणा रहेको छ ।