काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा अनेकन समस्या आइरहेको बेला सानिमा बैंकले पहिलोपटक तीनवटा काम गर्न मिल्ने खालको खाता संचालनमा ल्याएको छ । 

‘थ्री इन वान सानिमा खाता’ नाम दिइएको यस्तो खाताबाट व्यक्तिगत ग्राहकले बैंक खाता, डिम्याट खाता र लगानी खाताको काम गर्न सक्ने बैंकले प्रष्ट पारेको छ । 

यो खाता भएका ग्राहकले संसारका कुनै पनि स्थानबाट सेयर कारोबार गर्न सक्ने बैंकले दाबी गरेको छ । 

यसैगरी, यो खाता लिइसकेपछि बैंक वा डिम्याट खाताको राफसाफ गर्न कतै धाउनु नपर्ने, न्यूनतम शुल्कमा कारोबार गर्न सकिनेछ । 

यो खाता लिनका लागि सानिमा बैंकको वेबसाइटमा लगइन गरी थ्री इन वान अकाउण्ट अप्सनमा क्लिक गर्नुपर्नेछ ।