काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकासुरेन्स सम्बन्धी सेवा आदानप्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

हाल यस बैंकले देशभर आफ्ना ६३ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।