काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडको खूद नाफामा सामान्य प्रगति भएको छ । 

चालु आर्थिक वर्षको अवधिमा यो कम्पनीको खूद नाफा अघिल्लो आबको यही अवधिको तुलनामा ५.०३ प्रतिशतले बढेको हो । 

आयकरपछिको कम्पनीको खूद नाफा २२ करोड ९६ लाख रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष २१ करोड ८६ लाख रुपैयाँमा सीमित थियो ।

अघिल्लो वर्ष यही अवधिमा बिजुली बेचेर हुने नियमित आम्दानी ४५ करोड ७३ लाख रहेकोमा बढेर यो वर्ष ४७ करोड ४७ लाखको उचाईमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड कायम भएको छ।

यो जलविद्युत कम्पनीको विभिन्न सहायक कम्पनीमा १४ करोड बढी लगानी पुगेको छ । यस्तै, ४ वटा विभिन्न कम्पनीमा १ अर्ब बढी लगानी गर्ने कम्पनीले प्रतिबद्धता गरिसकेको छ ।

दोश्रो त्रैमासमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.७९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.९९ रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा यो कम्पनीको मूल्य आम्दानी अनुपा ११.९७ गुणा कायम भएको छ भने अन्य रिजर्ब ३९.३८ प्रतिशतले बढी ६९ करोड ६८ लाखको उचाईमा पुगेको छ । 

यो कम्पनीले आफ्ना सेयरधनीलाई २०७४/७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिसकेको छ ।