काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.५२ प्रतिशतले हुने आउने रकमबराबरका नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

यसैगरी बैठकले कम्पनीको आठौँ वार्षिक साधारणसभा पुस २७ गते निर्णय गरेको छ । सोही साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन गरिनेछ ।

साधारणसभा र बोनस सेयर प्रयोजनाका लागि कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेभित्र कम्पनीको सेयरधनी कायम हुनेहरु साधारणसभामा भाग लिन र बोनस सेयरका लागि योग्य हुनेछन् ।