काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडको खूद नाफा बढेको छ । 

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म यो कम्प्नीले ३६ करोड ८३ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ५९.३२ प्रतिशतले बढी हो । 

यो कम्पनीको ग्रस प्रफिट समेत बढेको छ । अघिले वर्ष ६५ करोड ३५ लाख रहेको यस्तो प्रफिटको आकार बढी यो वर्ष ७८ करोड ५ लाखको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष ४७ करोड ५० लाखमा सीमित खूद संचालन मुनाफा बढेर यो वर्ष ६० करोड ५६ लाख पुगेको देखिएको छ । 

कम्पनीले बिजुली बेचेर प्राप्त हुने आम्दानी बढाउँदा त्यसले नाफा वृद्धिमा सहयोग पुगेको हो । अघिल्लो वर्ष ७२ करोड ५० लाख बिजुली बिक्रीबाट कमाएको यो कम्पनीले यो आम्दानीलाई बढाएर ८६ करोडको उचाई चुमाएको छ । 

आयोजना संचालन खर्च ७ करोड १५ लाख रहेकोमा बढेर ८ करोड १ लाख भएको छ । 

यो कम्पनीको चुक्तापूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने कम्पनीले समीक्षा अवधिमा ६५ करोड ६४ लाख रिटेन अर्निङ गरेको छ । यस्तो अर्निङ अघिल्लो वर्ष ५३ करोड ५० लाखमा सीमित थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.८४ रुपैयाँ कायम भएको छ ।