काठमाण्डौ । सानिमा क्यापिटलले ल्याउन लागेको पहिलो म्युुचुुअल फण्ड ‘सानिमा इक्वीटी फण्ड’लाई आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । 

बोर्डले सोमबार सानिमा इक्वीटी फण्डलाई १ अर्ब २० करोड मूल्यको आइपीओ निश्कासनको स्वीकृति दिएको हो । 

चालुु आर्थिक वर्षमा बोर्डले म्युचुुअल फण्ड संचालन तथा सार्वजनिक निश्कासनका लागि स्वीकृति दिएको यो दोश्रो फण्ड हो । यसअघि भदौ १४ गते सिद्धार्थ इक्वीटी फण्डलाई पनि १ अर्ब २० करोड मूल्यकै आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

धितोपत्र बोर्डमा सानिमा क्यापिटलले १ अर्ब २० करोडको इक्वीटी फण्ड संचालनका लागि २०७४ असार १६ गते आवेदन दिएको थियो । 

अब सानिमा क्यापिटलले प्रति इकाई १० रुपैयाँ मूल्य बराबरको १२ करोड इकाईको आइपीओ जारी गर्नेछ । 

सानिमा क्यापिटलका एक अधिकारीका अनुसार धितोपत्र बोर्डले म्युचुुअल फण्ड संचालनको स्वीकृति दिइसकेकोले मंसिर पहिलो साताभित्रै १२ करोड इकाईको बिक्री खुल्ला गरिनेछ ।

सात वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सानिमा इक्वीटी फण्डको प्रवद्र्धन सानिमा क्यापिटल तथा प्रायोजन सानिमा बैंकले गर्नेछ ।

सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि लगानीको उत्तम विकल्प हो म्युुचुुअल फण्ड । जोखिम कम हुने र राम्रो रिटर्न दिने हुँदा यस्ता फण्डहरुको लगानी दोश्रो बजारको लगानीभन्दा सुरक्षित मानिन्छ । लगानीकर्ताहरुको यस्तै आकर्षण रहने कारण पछिल्लो समय एकपछि अर्को गर्दै म्युुचुुअल फण्डहरु आउन थालेका छन् ।

अझै ४ वटा म्युचुुअल फण्ड स्वीकृतिको प्रतिक्षामा छन् ।

१ अर्ब २० करोडको ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, १ अर्ब मूल्यको सिटिजन म्युुचुुअल फण्ड १, १ अर्बकै एनआइसी एशिया ग्रोथ फण्ड र ५० करोड मूल्यको एनआइबिएल सहभागिता फण्ड धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।