काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आज(कात्तिक ३० गते)देखि ऋणपत्र निश्कासन गरेको छ ।

बैंकले १० प्रतिशत ब्याजदर भएका २ अर्ब बराबरको प्रति ऋणपत्र रु. १००० अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निश्कासन गरेको हो ।

कुल कित्तामध्ये रु. ४० करोड ऋणपूँजी रकममध्ये सामूहिक लगानीकोषका लागि छुट्याइएको २० हजार ऋणपत्र बाँडफाँड पश्चात ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निश्कासन गरिएको हो । 

ऋणपत्रमा लगानी गर्न चाहनेले छिटोमा मंसिर ४ गतेसम्म र ढिलोमा पुस १ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कुल निश्कासन हुने ऋणपत्रमध्ये २० प्रतिशत सर्वसाधारणका लागि हुनेछ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

सर्वासधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

काठमाण्डौ क्यापिटलको मुख्य कार्यालय, सानिमा बैंकका कार्यालयहरु र आस्वा सदस्य बैंकका शाखा कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।