काठमाण्डौ । सानिमा बैंक लिमीटेडले बिक्री नभएको २ लाख ११ हजार ४७ कित्ता हकप्रद लिलामीबाट बिक्री गर्ने भएको छ । 

यो बैंकले आगामी असार १५ गतेदेखि साधारणतर्फ बिक्री नभएको सेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो । 

बैंकले बैशाख १७ गते १० बराबर ३ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । तर त्यसमध्ये साधारणतर्फको २ लाख ११ हजार ४७ कित्ता बिक्री भएको थिएन । यही सेयरलाई लिलामीबाट बिक्री गर्न लागेको हो । 

लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम प्रति कित्ता १ सय रुपैयाँ मूल्यको बोल लगाउनुपर्नेछ र न्यूनतम १ सय कित्तासम्मका लागि आवेदन दिर्नैपर्नेछ । 

असार २२ गतेसम्म लिलामी प्रक्रियामा सहभागिताका लागि आवेदन दिन सकिने र असार २३ गते दिउँसो लिलामीको अन्तिम नतिजा निकालिनेछ । यो बैंकको लिलामी प्रक्रियाका लागि सिबीआइएल क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड ६९ लाख खूद नाफा आर्जन गरेको छ । हकप्रदको सबै सेयरको पूँजीकरणपछि चुक्तापूँजी ६ अर्ब ८९ करोडको उचाईमा पुुग्नेछ । 

यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ४ सय ३१ रुपैयाँ रहेको छ ।