काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई करहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले चुक्तापुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँको ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशतले हुन आउने बोनस सेयर लाभांशका रुपमा वितरण गर्ने निर्णय गरेको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।