काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले १० वर्षे अवधिको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बैंकले जारी गर्ने प्रस्ताव गरेको '१०.२५% सानिमा डिवेञ्चर-२०८६' मा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

बैंकले पब्लिक इस्यूको रुपमा १००० दरका १६ लाख कित्ता बिक्री गर्ने प्रस्ताव गरेको छ भने प्राइभेट प्लेसमेन्टका आधारमा बाँकी २४ लाख कित्ता बिक्री गर्ने योजना छ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।