काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.५६ प्रतिशतले बढाउन सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ४६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकले वितरणयोग्य मुनाफा ९५ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ ।

समीक्षा अवधिमा बैंकले ७८ करोड ९४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ६५ करोड २८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

बैंकले दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी भने १ अर्ब २ करोड रुपैयाँ गरेको छ । जुन गत वर्ष ९३ करोड १० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार ८.२० प्रतिशतले बढाएको छ । गत वर्ष २ अर्ब २३ करोड रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर २ अर्ब ४२ करोड रुपौँ भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (पीएसई) २६.१५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.१२ रहेको छ ।