काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ३० लाख कित्ता आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

अब सानिमाले चुक्तापूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको प्रतिकित्ता रु.१०० का दरले ३० लाख कित्ता सेयर निष्कासन गर्नेछ । 

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध एनआइसी क्यापिटलले गर्नेछ ।