काठमाण्डौ । सामसङले काठमाण्डौमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस नााइन तथा एस नाइन प्लसको वितरण सुरु गरेको छ । 

मोबाइल शाखाका प्रमुख प्रणयरत्न स्थापितको उपस्थितिमा यी दुवै मोडलको अनावरण सामसङको मुहारको रुपमा रहेकी ज्योत्सना योगीले गरेकी थिइन् ।

“मैले पछिल्ला केही दिनदेखि ग्यालेक्सी एस नाइन प्लसको प्रयोग गरिरहेको छु र असाध्यै खुसी छु। यी दुवै मोडेल सुन्दर स्मार्टफोन हुन्, जुन मेरो व्यक्तित्वसँग मेल खान्छ र मलाई एक फरक पहिचान दिएको छ । मलाई यसको क्यामेरा, एआर ईमोजी र सुपर स्लो–मो फिचर निकै मन परेको छ।” ज्योत्सना योगीले भनिन् ।

ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस ंसंसारको सर्वाेत्कृष्ट क्यामेरा डवल एपरचर लेन्सको विशेषतासहित निर्माण गरिएको हो ।

“ग्यालेक्सी एस नाइन तथा एसनाइन प्लस एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनुहुनेछ । सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,” सामसङ मोबाइल फोनका प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालक्सी एस नाइन र एस नाइन प्लस क्रमशः रु १,०४,९०० र रु ९२,९०० मा उपलब्ध छन् । प्रयोगकर्ताहरूले रु ५००० को क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य रु ९९,९०० र रु ८७,९०० मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् ।

सामसङले १२ हप्ताको लागि १२००० जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर इन्स्योरेन्सको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ ।

साथै, यी दुवै मोडल सजिलो ईएमआईमा उपलब्ध गराउन सामसङले ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी, मेगा र कुमारी जस्ता बैंकसँग समेत साझेदारी गरेको छ ।