काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले महान् पर्वहरु दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सामसङ, खुशी फर्की आयो’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । 

यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका एलइडी टिभी तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिनेछ ।

सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुनेछ। 

यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले प्रस्तुत गरेका हुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुनेछ।